काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पिससिआर र एन्टिजेन परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।