काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ ।
रवीन्द्र मिश्रले जनता दरबार पार्टी र सिटिजन्स डिसकशन फोरमबीच एकताका लागि सहमति गरेसँगै पाण्डे पक्षले नयाँ पार्टी खोल्ने तयारी गरेको हो । पाण्डे यसअघिसम्म निर्वाचन आयोगविरुद्ध अदालत जाने बताउँदै आएको थियो ।
केही दिनअघि निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्रले गरेका निर्णयलाई आधिकारिकता दिएको थियो । मिश्रले पास गरेको विधान संशोनमा राजसस्थाको पक्षपोषण गरिएको छ।
यतिखेर पाण्डे पक्षका नेताहरु नयाँ पार्टी गठनका लागि छलफलमा छन् ।