सरकारविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले मसाल जुलससहित सरकारविरुद्ध प्रदर्शन गरेका छन्।उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएका छन्।

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन हुँदै आएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.