काठमाडौं ।नेपाल वायु सेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। इन्धनको भाडा बढेसँगै हवाई भाडा पनि बढाइएको हो ।
संघले परिमार्जन गरेको नयाँ भाडादरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको थियो। सबैभन्दा बढी काठमाडौ–धनगढी उडानको भाडा बढेको छ।
संघका अनुसार यो सेक्टरको भाडा २ सय २० रुपैयाँले बढेको छ। संघका अनुसार पोखरा(विराटनगर उडानमा १८०, काठमाडौं( जुम्ला उडानमा १७०, काठमाडौं– सुर्खेत उडानमा १७५, काठमाडौं–नेपालगन्ज उडानमा १६० र काठमाडौं भद्रपुर उडानमा १५० रुपैयाँ भाडा बढेको छ।
यसैगरि काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा पनि एक सय ७० रुपैयाँ भाडा बढेको संघले जनाएको छ।