काठमाडौं । एयर गनसहित एक जनालाई थापाथलीबाट नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जितेन्द्र नाथलाई शनिबार पक्राउ गरेको हो।
पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीले उक्त हतियार काठमाडौंमहानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।