फोरमको आरोप: जबराले भ्रष्टाचार लुकाउन बार्ताको दुष्प्रचार गरे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेको वार्ताको आह्वानलाई पूर्वन्यायाधीश फोरमले न्यायको विचलन र भ्रष्टाचार लुकाउन दुष्प्रचार गरेको बताएका छन् । 

सोमबार काठमाडौँमा सम्मेलनमार्फत् एक विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश फोरमले न्यायालयको हितका लागि लागि जबराले तत्काल राजीनामा दिनुपर्ने अडान दोहोर्‍याउँदै सो आरोप लगाएको हो । 

फोरमका अध्यक्ष टोपबहादुर सिंहले जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशबाट न्यायालयलाई जोगाउन आह्वान गरेका छन् । 

‘न्यायाधीशहरूको काबु बाहिरको परिस्थितिका कारण न्यायका याचकहरुमा पर्न गएको असुविधाका लागि न्यायिक सुधारको अभियानप्रति धैर्य धारण गर्न अनुरोध गर्दछौँ। जिम्मेवार निकाय र पदाधिकारीहरूले यस अभियानको गम्भीरता हृदयांगम गरी शीघ्र वर्तमान प्रधानन्यायाधीशबाट  न्यायपालिका जोगाउन हामी पुनः आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.