बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ ।

सोमबार भने चाँदीको मूूल्य घटेर प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको थियो ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.