काठमाडौं । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।
सभामुख प्रदीपकुमार भण्डारीका अनुसार उनको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको छ ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो । एमालेका सांसदबाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए ।
प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् ।