काठमाडौं । सत्तारुढ दल कांग्रेसभित्र ब्रान्डको रुपमा परिचित कोइराला परिवार १४औँ महाधिवेशनलाई लिएर भेटघाट सुरु भएको छ।
कांग्रेसभित्र सभापतिका आकांक्षी बढिरहेका बेला कोइराला परिवारका सदस्य पनि सोही विषयलाई लिएर भेटघाटमा जुटेका हुन् ।
मंगलबार शशांक कोइराला र शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
कोइराला परिवारबाट बिपीपुत्र महामन्त्री डा. शशांक कोइराला, गिरिजापुत्री केन्द्रीय सदस्य सुजाता कोइराला र नोनापुत्र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् ।
अन्य नेता पनि शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी घोषणा गरेका संस्थापनइतर समूहका नेताहरू साझा उम्मेदवार खोजीका लागि दुईपक्षीय तथा बहुपक्षीय छलफलमा जुटेका छन् ।
छलफलमा दुवैले एक अर्काको साथ खोजे पनि अन्तिमसम्म साझा उम्मेदवारका लागि प्रयत्न गर्ने सहमति गरेका छन् ।