महाधिवेशनसँगै पार्टीविरुद्धकाे घेराबन्दी तोडिने छ :  बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महाधिवेशनले पार्टीविरुद्धको घेराबन्दी तोड्न नीति र विधि विधान बनाएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले यस्तो बताएका हुन् । पार्टीलाई घेराबन्दी तोड्न र त्यसलाई व्यवहारमा उतार्न चिवतनबाट सुदृढ एकताको ईन्द्रेणी नेतृत्व चुन्ने उनले बताए । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्–’एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र विधि विधानमहाधिवेशनले बनायो।अब त्यसलाई व्यवाहारमा उतार्न दृढ  इच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको इन्द्रेणी नेत्तृत्व चुन्ने काम चितवनबाट भैहाल्छ।बलीयो एमाले देशको निकास र विकासको आधार हो। एमालेभित्र आफूलाई खोजौँ आफूअनुकुलको एमाले खोज्ने होइन।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.