काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश अदालतको गरिमाको रक्षा गर्न जबरालाई आग्रह गरेको छ ।
बुधबार महासंघले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरालाई अदालतप्रति जिम्मेवार बन्न आह्वान गरेको हो ।
महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ।’
