काठमाडाैँ । सर्वाेच्चमा आज फूलकाेर्ट बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा फूलकाेर्ट बोलाउन सहमत भएका छन् । जबराले फूलकाेर्ट बाेलाउन मुख्य रजिष्टार लालबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।
कुँवरले सर्वोच्च अदालतका सबै १९ जना न्यायाधीशहरुलाई बैठकबारे जानकारी गराउने छन् । कुँवरले सबै न्यायाधीशहरुलाई लिखित निवेदन पठाएर जानकारी गराउने बुझिएकाे छ ।
बैठक बाेलाउन सर्वाेच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग आग्रह गरेका थिए । यस बैठकमा नियामावली संशाेधन समेत गर्ने एजेण्डा तय भएकाे छ ।
बैठकमा अहिलेसम्म प्रचलनमा रहेकाे प्रधानन्यायाधीशले पेशी ताेक्ने व्यवस्थालाई परिवर्तन गरी गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरिने तयारी छ ।