लिम्बुवान मञ्च छथर गाउँपालिका अध्यक्षमा तुम्खेवा

तेह्रथुम । संघीय लोकतान्त्रिक मञ्च संघीय लिम्बुवान मञ्च छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । छथर गाउँपालिका कार्यसमितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा रामकुमार लिम्बु ,पवित्रा लिम्बु ,उदय विक, केशरमान मादेन र पूर्ण साँवा रहेका छन् । सचिवमा योगेन्द्र साँवा, सहसचिवमा गोपाल लिम्बु र अर्थसचिवमा टेकबहादुर लिम्बु चयन भएको केन्द्रीय सचिवालय सदस्य शंखरमान खेवाले जानकारी दिए । लिम्बुवानले पालिकादेखि जिल्ला अधिवेशन धमाधम गर्दै आएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.