काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण र १ हजार १ सय ९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो भने नेपालमा हाल ७ हजार ५ सय ३९ जना सक्रिय
कोरोना संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नोपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको छ ।
३ सय ६९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।