काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका– ३ सिम्लेमा गएराति लडेर एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति शौचालय जाने क्रममा लडेर उदयपुर बेलका नगरपालिका– ८ का ३१ वर्षीय राजु माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।
माझी खाँदबारी किमाथाङ्का सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएको थियो । लडेर घाइते भएका माझीको सिम्मा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।