काठमाडौं । तेस्रो मुलुकबाट आएका विदेशीहरु नेपालको बाटो हुँदै भारत जान नपाउने भएका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारतीय पक्षले नेपालको बाटो हुदै तेस्रो मुलुकबाट आएका व्यक्ति भारत छिर्न नदिने बताएका हुन् ।
भारतको सो निर्णय पछि नेपालको रेल विभागले कुर्था–जयनगर रेलमा तेस्रो देशका नागरिकलाई चढ्न अनुमति नदिने जनाएको हो ।
विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार दुई मुलुकबीच रेल संचालन गर्नेबारे भएको स्ट्यान्डर्ड अप्रेटिङ प्रोसेडियूर (एसपीए) सम्झौतामा समेत यस्तो व्यवस्था भएको हुँदा सोही अनुसार निर्णय कार्यन्वयन गर्न लागेको बताए ।