चितुवाको छालासहित ४ जना पक्राउ

काठमाडौं । सुर्खेत बराहताल गाउँपालिका– ५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको बताए ।


प्रेम होटलको ३ नम्बर कोठाबाट ३ थान चितुवाको छालासहित अछाम पंचदेवल नगरपालिका– ८ बस्ने ३५ वर्षीय कमल शाही समेत लाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.