रौतहट । रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् ।चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन् ।
यस्तै, जिल्लामा राष्ट्रिय जनता पार्टी नेपाल छाडेर लोकतान्त्रिक समाजवादी पार्टीमा ८८ जनप्रतिनिधिले सनाखत गरेका छन् ।
मंगलबार अन्तिम दिनसम्म लोसपा ८८ जना र एकीकृत समाजवादीमा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।
जिल्लामा नेकपा एमालेबाट एक जना उपमेयरसहित एक सय पाँच जनाले विभिन्न पदमा चुनाव जितेका थिए । जसमध्ये सात जनाको निधन भइसकेको छ ।
भदौ २ मा नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि एमालेका जनप्रतिनिधि दुई खेमामा विभाजन भएका हुन् ।
