ज‍िप दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौं । जुम्लाको पातरासीमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शनिबार पातरासीको बडखोलीमा भे १ ज ५८८ नम्बरको जिप दुर्घटनामा नौ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईंले बताइन् । जिप सडकबाट खोलामा झरेको छ । घटनास्थलमा प्रहरी खटिएको छ ।


उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको प्रजिअ प्रसाईंले बताइन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.