प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार विहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू– भागमा हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू– भागमा आंशिक बदली रही बाँकी भू– भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू– भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.