माँ जानकी यातायात प्रालि अध्यक्षमा चौधरी चौथो पटक विजयी

जनकपुरधाम । माँ जानकी यातायात प्रालिको अध्यक्ष मनोज चौधरी चौथोपटक अध्यक्षमा निर्वाचत भएको छ । शनिबार रातिसम्म भएको मतगणनामा चौधरीसहितको प्लायन नै विजयी विजयी भएको हो ।

यातायात प्रालिका विधानअनुसार यातायात प्रालिका ११ सदस्य सञ्चालन समितिको लागि २५ जनाले उम्मेदावारी दिएका थिए । २५ जनामध्ये ११ जना निर्वाचित सञ्चालन समितिले नै प्रालिको अध्यक्ष चयन गर्ने व्यवस्था छ । निर्वाचित ११ जनाले पुनः चौधरीलाई नै प्रालिको अध्यक्षमा चयन गरेका हुन् । योसँगै चौधरी प्रालिको चौथो पटक अध्यक्ष भएका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.