ब्राउन सुगरसहित दुई युवक पक्राउ

काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित आज सिरहाबाट दुई जना युवक पक्राउ परेका छन् ।

शनिबार राति सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ डण्डाटोल जाने बाटोमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरी टोलीले जाँचको क्रममा ४ ग्राम ५५० मिलिग्राम ब्राउअन सुगर, नाइट्रोभेट ट्याब्लेट दुईवटा बरामद गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय इन्दल कुमार यादव र २० वर्षीय कपिल महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.