ओखलढुंगा । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आइतबार क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधि छनौटका लागि मतदान सुरू भएको छ । दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा जारी मतदानबाट क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।
एक हजार चार सय ४३ मतदाता रहेको निर्वाचनमा दुई समूहको फरक फरक प्यानल चुनावी मैदानमा छन् । अहिले सदरमुकाम ओखलढुंगामा दुवै क्षेत्रको मतदान भइरहेको निर्वाचन क्षेत्र ुकु का मतदान अधिकृत खिला श्रेष्ठले बताए । संस्थापन र कोइराला समूहबाट गरि दुई प्यानल चुनावी मैदानमा छन् । संस्थापन पक्षमा जिल्ला सभापति प्रदिप सुनुवार पूर्वसांसद रामहरि खतिवडालगायत छन् भने पौडेल– कोइराला समूहमा बालकृष्ण दाहालको टिम छन् ।
संस्थापन समुहबाट ‘क’ क्षेत्रमा सन्तोष थापा तथा पौडेल -कोइराला समूहबाट होमबहादुर कार्की सभापतिका उम्मेदवार छन् । दुवैको तीव्र प्रतिस्पर्धा देखिएको छ ।
क्षेत्र ‘ख’ मा संस्थापनबाट आस्रचन राई र कुलबहादुर श्रेष्ठ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । दुवैबीच कडा प्रतिस्पर्धा छ । हरेक क्षेत्रबा६ भापतिसहित सात पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा १७ जना (समावेशीसमेत) निर्वाचित हुने छन् ।