काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ पुगेको छ।
आइतबार ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार १ सय ६४ सक्रिय संक्रमित रहेका छन्।