सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

सप्तरी । सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल विजयी भएका छन् । अग्रवाल ७ सय ४६ मत प्राप्त गर्दै विजय भएका हुन्। उनका प्रतिद्वन्द्वी शंकर दासले ३ सय २७ मत प्राप्त गरे।

उद्योग उपाध्यक्षमा दुर्गाप्रसाद साह ५ सय ७२ मत प्राप्त गर्दै विजय भएका छन् । उनका प्रतिद्वन्द्वी रामशिषप्रसाद साहले ४ सय ७० मत प्राप्त गरे । वाणिज्य उपाध्यक्ष रमेशकुमार साहले ८ सय १८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गौरिशंकर साहले ३ सय २८ मत प्राप्त गरेका छन् ।

यसैगरी महासचिवमा अमृत सञ्चेति ६ सय ५५ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार साहले ३ सय ८५ मत प्राप्त गरेका छन् । सचिवमा सुरेन्द्र विमल यादवले ५ सय ९३ मत प्राप्त गर्दै जित हात पार्दा उनका प्रतिद्वन्द्वी गुलावदी उजमा खाँले ४ सय २४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा प्रमोदकुमार कावरा ६ सय ८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद यादवले ३ सय ८९ मत प्राप्त गरेका छन् ।

सहकोषाध्यक्षमा निर्मलकुमार मुन्दडा ५ सय ४४ मत प्राप्तगरी विजय भएका छन् । उनका प्रतिद्वन्द्वी उदितप्रसाद सिंहले ४ सय ७६ मत प्राप्त गरेका छन् ।

सदस्यमा सन्तोष सिन्हा ६ सय ३२, सचिन्द्र दास ५ सय ६९, सुरेन्द्रप्रसाद साह ५ सय २०, कमलप्रसाद साह ५ सय ४, सञ्जय पूर्वे ४ सय ९५, दिलीप गुप्ताले ४ सय ८३ र महिला सदस्य अम्बिका दाहालले ६ सय ३७ मत प्राप्त गरी विजय भएका छन् । सहकोषाध्यक्ष मनोजकुमार मुन्धडा र सदस्य सञ्जय पूर्वे विजयी भएका छन् ।

विजयी भए लगत्तै अग्रवाल प्यानलले राजविराजमा विजय जुलुस निकालेका थिए । अध्यक्षसहित १४ पदका लागि लालु अग्रवाल र शंकर दासको प्यानल चुनावी मैदानमा उत्रिएका थिए। उद्योग वाणिज्य संघको कुल १ हजार ३ सय २२ मतदाता मध्ये १ हजार १ सय ६६ मतदाताले मतदान गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.