दमकबाट नगदसहित ६ जुवाडे पक्राउ

काठमाडौं । दमक प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गत आइतबार अपराह्न ४ बजे उनीहरूलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

पक्राउ पर्नेमा पूर्णप्रसाद शिवाकोटी, विनोद श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका –६ का दुर्गाबहादुर राई रहेका छन् ।

दमक– नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.