गौतम पत्नी एमालेको बैठकमा
पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

काठमाडौं । पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी धर्मपत्नी तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको संसदीय दलको बैठकमा गौतमपत्नी थापा उपस्थित भएकी हुन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले बोलाएको बैठक जारी छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.