एसिड प्रहार गर्ने एक पक्राउ

काठमाडौं । सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरासहित दुईजनालाई एसिड प्रहार गर्ने आरोपमा एक जना पक्राउ परेका छन् । सोलु दूधकुण्ड नगरपालिका– ५, सल्लेरीका ५० वर्षीय मोहन बराइलीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी बराइलीले एसिड प्रहार गर्दा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घाइते दुवैजनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.