काठमाडौं । जाजरकोटको नगरपालिका– १ कालेगाउँ चौराहढीक स्थानमा सोमबार दिउँसो एक युवक मृत अवस्थामा फेला परेका छन् ।
रुकुम जिल्लामा मेला हेर्न गएर फिर्ता आउने क्रममा भेरी नगरपालिका– १ कोलचौर बस्ने १९ वर्षीय सन्तोष परियार सहितका व्यक्ति र प्रकाशबीच मंसिर ३ गते साँझ भेरी नदीको पुल नजिक झगडा हुँदा कुटपिटमा घाइते भएका सन्तोष जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका थिए ।
कुटपिट गर्नेमध्येका प्रकाश र प्रविण जंग शाहसहित अन्य २ जना तत्काल फरार रहेको थियो । फरार रहेको मध्ये ३ जना शनिबार परिवारको सम्पर्कमा आए तर प्रकाश सम्पर्कमा नआएपछि आफन्तको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा भेरी नगरपालिका– ३ स्याँला बस्ने १९ वर्षीय प्रकाश जंग शाहको शव फेला परेको हो ।
झगडामा संलग्न प्रविण जंगसहित ११ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।