माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको मृत्यु

काठमाडाै‌‌ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।

दाङबाट बुटवल फर्किने क्रममा करिब राति साढे ९ ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनी घाइते भएका थिए ।

उनलाई बुटवलस्थित लुम्बीनी सिटी अस्पतालमा पुर्याइएको थियो । घाइते बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जीसीले जानकारी दिए । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.