जिल्ला-जिल्लामा मतगणना स्थगीत भएको छ । केन्द्रीय पार्टी कार्यालयदेखि जिल्लासम्म धर्नाको कार्यक्रमहरु जारी छ । नेपालको प्रजातान्त्रीक र लोकतान्त्रीक पार्टी भन्ने कांग्रेसले आफुलाई अराजक शैलीमा प्रस्तुत गर्दा अन्य पार्टीलाई फाईदा पुग्ने निश्चित छ ।
काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन लक्षित गरेर क्षेत्रिय र जिल्ला अधिवेशनहरु सम्पन्न गरिरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको अधिवेशन भने शान्तिपूर्ण हुन सकेन । अधिवेशनकै क्रममा कांग्रेस कार्यकर्ताद्धारा सयौं कांग्रेस कार्यकर्ता नै कुटिएको छ ।
कसैले अपहरण गर्ने र ज्यान मार्ने धम्की दिइएको छ । कतै भने ज्यानै लिने तरिकाले हिंसात्मक शैली अपनाइएको छ । केही ठाउँमा गोली चलेको छ । यसरी सहिंसात्मक शैलीमा नेपाली कांग्रेसको अधिवेशन पुग्नुमा नेतृत्व तहका नेताहरु जिम्मेवार पक्कै छन् ।
हिंसात्मक शैलीमा भएको कांग्रेस अधिवेशनहरुमा कैयौ उपचारका लागि अस्पताल पुगेका छन् । कैयौं घाइते उपचारको खोजिमा प्रहरीको शरणमा पुगेका छन् । यो खालको अवस्थाले नेपाली कांग्रेस कुनै बेलाको माओवादी पार्टीजस्तो अराजक शैलीको पार्टी हो की भन्ने सबैलाई लागेको छ ।
जिल्ला-जिल्लामा मतगणना स्थगीत भएको छ । केन्द्रीय पार्टी कार्यालयदेखि जिल्लासम्म धर्नाको कार्यक्रमहरु जारी छ । नेपालको प्रजातान्त्रीक र लोकतान्त्रीक पार्टी भन्ने कांग्रेसले आफुलाई अराजक शैलीमा प्रस्तुत गर्दा अन्य पार्टीलाई फाईदा पुग्ने निश्चित छ ।
नेतृत्व तहले कांग्रेसको अधिवेशनलाई सहज र शात्पिूर्ण ढंगले सम्पन्न गर्ने भनिएतापनि त्यस्तो हुन सकेन । प्युठानमा अधिवेशनको मतगणनास्थलमा मतगनणा गर्दैगर्दा आक्रमण शुरु भयो । अक्रमणपछि गोली चल्यो । घटनामा ७ जना घाइते भएका छन् ।
मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।
मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा गालेी चल्दा कार्यकता र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा ९ जना घाइते भएका छन । जसमा दुई जना सुरक्षाकर्मी तथा सात जना कांग्रेस कार्यकर्ता रहेका छन् । दुई जना गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
घटनापछि अहिले मतगणना कार्य स्थगित भएको छ। निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन ।
जिल्ला सभापती पदका लागि खसेको कुल १०६५ मत मध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। जम्मा ६५ मत गणना हुन बाँकी छ । गिरि पक्षका कार्यकर्ता विजयी घोषणा गरि खुशी मनाईरहेका छन् भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन् ।
यस्तै नेपाली कांग्रेसको रुपन्देही अधिवेशनमा फेरि कांग्रेस कार्यकर्ता कुटिएका छन् । गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्लामै कांग्रेस कार्यकर्ताबीच झडप दैनिक हुन थालेको छ ।
मंगलबार साँझ रूपन्देहीको क्षेत्र नं २ मा पौडेल समूहका कार्यकर्ता संस्थापन समूहबाट मतगणनास्थलमै कुटिएका हुन् । यसअघि पनि लगातार एक पक्षले अर्को पक्षलाई कुटिदैँ आएका थिए ।
पौडेल समूहको अधिकांश टोली विजय हुने निश्चित भएपछि सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवा निकट गृहमन्त्री खाँडका कार्यकर्ताहरुले पौडेल समूहका कार्यकर्तामाथि कुटपिट गरेको बताइएको छ ।
जुन तरिकाले कांग्रेसको अधिवेशन भइरहेको छ, कांग्रेस महाधिवेशन चरण गुटबन्दीमा फस्ने निश्चित छ । महाधिवेशनमा समेत अराजक शैली प्रस्तुत हुने धेरैंको आँकलन छ । नेपाली कांग्रेसमा आधा दर्जन नेताहरु सभापतिको आंकाक्षा गरिरहेका छन् । तथापी सभापति देउवा, नेता शेखर कोईराला र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने संभावना हलियो छ ।