एमाले महाधिवेशन स्थलमा चहल पहल, हेर्नुहोस् तयारीका १० फोटो

चितवन । नेकपा एमालेको महाधिवेशनको दुई दिन मात्रै बाँकी हुँदा आफ्नो तयारी अन्तिम चरणमा पुराएको छ । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनको नारायणी किनारमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

नारयाणीको दुबै किनारमा प्रचार सामाग्री र स्टेज निर्माण गरिएको छ । यस्तै देशका विभिन्न कुनाबाट आएको गाडीहरु व्यवस्थापन गर्न गैडाकोट र एरयपोर्ट साईडमा पार्किङको लागि व्यवस्था गरिएको छ । १० भन्दा बढि ठाउँमा एलईडी सेट राख्ने तयारी एमालेले गरिरहेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले क्विक नेपाललाई बताए ।

यस्तै नेकपा एमालेले नेपालमा हालसम्मकै ठूलो मञ्च व्यवस्थापन गर्दैछ । एमालेका केन्द्रीय तहका अधिकांश नेता चितवन पुगिसकेका छन् । अहिलेसम्म ७५ प्रतिशत तयारी सकेको बताइएको छ । मञ्च व्यवस्थापन गर्दा चार तहमा विभाजन गरिएको छ । झण्डै पचास लाखको खर्चमा मञ्च व्यवस्थापन भइरहेको बताइएको छ ।

मूख्य मञचसँगै अन्य तीन वटा मञ्चहरु निर्माण हुनेछ । जहाँ ५०० बढि अतिथी र प्रतिनिधिहरु बस्न सकिने बताइएको छ । २०० को हाराहारीमा एमाले कार्यकर्ता तथा व्यवस्थापन पक्षका कर्मचारीहरु मञ्च निर्माण गर्न खटेका छन् ।

महाधिवेशन स्थलवरपर चितवन झल्किने सजावटहरु निर्माण हुने बताइएको छ । यस्तै जलवायु परिवर्तन सम्बन्धि जानकारी र ब्यानरहरु विभिन्न ठाउँमा राखिने एमालेले जनाएको छ ।

महाधिवेशनस्थलमै चितवनमा मात्र पाईने एकसिंगे गैडाको मस्कट तयार पारेको छ । महाधिवेशनस्थलमै सेल्फि प्वाईनटहरु निर्माण गरिएको छ । दुई दर्जनभन्दा बढि सेल्फि प्वाईन्टहरुमा नेकपा एमालेको प्रचार सामाग्रीहरुले सजाइएको छ ।

फोटो स्रोत : सामाजिक सञ्जाल र लोकल मिडियासँगको सहकार्यमा

© 2021 Quicknepal.com  |  All Rights Reserved.