धनुषाकाे ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।

मिथिला नगरपालिका– २ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका– ७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो ।

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त. ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.