काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई संकटबाट बचाउन र जोगाउन ओलीको खाँचो भएको बताएका छन् ।
शुक्रबारबाट चितवनमा सुरु भएको नेकपा एमालेको १०औँ महाधिवेशनलाई शुभकामना दिने क्रममा राप्रपा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीकै पालामा तराईको पृथकतावादी शक्ति अन्त्य भएको, नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन भएको बताउँदै उनले उनले विप्लव र सिके राउतलाई राष्ट्रिय मूल धारमा ल्याएको भन्दै ओलीको बताए ।
थापाले ओलीको प्रशंसा गर्दै भने, ‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पुर्याउन सक्नेछ ।’
यस्तै उनले चीनसँग पनि रेल, तेललगायत विषयमा सम्बन्ध बनाउन सकेको बताए । उनले ओली नेतृत्वको पछिल्लो सरकारबाट भने आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरे ।