जुम्ला । जुम्लामा बालुवा खानीमा पुरिएर दुई जनाको ज्यान गएको छ ।
आज बिहान करिब ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुवैको ज्यान गएको तिला–९ का स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । घट्ना भएको ठाउँ जुम्ला सदरमुकामबाट करिब ३५ कोश टाढा रहेको छ ।
तिला गाउँपालिका–९ को धाराखोलास्थित बालुवा खानीमा पुरिँदा सोही वडाकी १९ वर्षीया निली रावत र उनकी बहिनी नाता पर्ने १५ वर्षीया नीरमाया रावतको मृत्यु भएको हो ।
गाउँलेबाट घटना भएको खबर प्राप्त भएलगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ गएको र मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।