काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४६ जनाको कोरोना परीक्षण गर्दा २ सय ७० जना संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ५ सय १८ पुगेको छ ।
७ हजार ८ सय २९ जनाको पिसिआर परीक्षण र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ३ सय २ जना कोरोना संक्रमणबाट निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।
यस्तै नेपालमा ७ हजार २ सय ८७ जना कोरोना सक्रिय संक्रमित छन्।