प्रभास बने सबैभन्दा धेरै पारिश्रमिक लिने भारतीय अभिनेता

एजेन्सी । ‘बाहुबली’ फिल्मबाट चर्चामा कमाएको भारतीय अभिनेता प्रभास फिल्म क्षेत्रको सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेका छन् ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार हालै मात्र उनले आगामी फिल्मको लागि एक अर्ब ५० करोड भारुमा सम्झौता गरेका छन् । यो भारतका कुनै पनि कलाकारले लिने पारिश्रमिकभन्दा धेरै माथि हो ।

प्रभासको नामकै कारणले मात्र पनि फिल्मले सफलता पाउने गरेको जानकारहरुले बताउछन् । जसको कारण उनी बलिउडमा सलमान खान र अक्षय कुमारपछि एक अर्ब भारुभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेका हुन् ।

स्रोतका अनुसार अहिले बलिउडमा प्रभाससँग काम गर्नुलाई प्रतिष्ठाको रुपमा हेर्ने गरिएको छ । त्यसैले पनि भूषण कुमारले प्रभाषलाई आफ्नो फिल्मको लागि छानेका हुन् । प्रभासले भूषण कुमारका केही फिल्ममा पनि काम गर्नेछन्। जसमा ‘राधे श्याम’, आदिपुरुष, प्रोजेक्ट के र स्पिरिटजस्ता फिल्महरु छन्।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.