चितवन। नेकपा एमालेले केन्द्रिय कमिटी अब ३०१ सदस्यीय हुनृ भएको छ । सौराहामा आयोजित पार्टीको अन्तिम केन्द्रिय कमिटी वैठकले सो निर्णय गरेको हो ।
एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरेको छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ । एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएको छ । जसअनुसार उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्यबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्तावलाई केन्द्रिय समिति वैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

नेकपा एमालेले दशौ राष्ट्रिय महाधिबेशनबाट सन्देश दिनेगरि सर्सम्मत ढंगबाट सबै पदाधिकारीहरु र केन्द्रीय सदस्य चयन गर्ने लक्ष्य लिएको छ ।
त्यसैको लागि सौराहामा मध्यरातमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या ३०१ र २ उपाध्यक्षसहित २ उप-महासचिव थप्ने निर्णय गरेको छ ।