पदाधिकारी व्यवस्थापनका लागि एमाले शीर्ष नेताको बैठक जारी

चितवन । एमाले महाधिवेशनमा पदाधिकारी व्यवस्थापनका लागि शीर्ष नेताहरू बैठकमा जुटेका छन् । 

नेकपा एमालेको जारी १०औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन नेता बिहानैदेखि बैठकमा जुटेका हुन् । केहीबेरपछि सुरु हुने बन्दसत्रअघि नै नेताहरू पदाधिकारी व्यवस्थापन गर्ने भन्दै बैठकमा बसेका हुन् । 

हिजो बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विभिन्न पदाधिकारी थप गर्ने निर्णय गरेसँगै एमालेमा नेताहरूको व्यवस्थापन हुने देखिएको छ। यद्यपि आज बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी तथा फिर्ताको समय रहेको र पदाधिकारीका आकांक्षी पनि बढी भएकाले एमालेमा नेता व्यवस्थापन चुनौतिपूर्ण बनेको छ।

अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.