एमाले महाधिवेशनलाई थापाले दिए ‘ओलीवेशन’को संज्ञा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले चितवनमा जारी नेकपा एमालेको महाधिवेशनलाई ओलीवेशनको संज्ञा दिएका छन् । 

शनिबार काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभालाई संबोधन गर्ने क्रममा थापाले नेकपा एमालेको अधिवेशनलाई ओलीवेशनको संज्ञा दिँदै अधिवेशन चाहिँ कांग्रेसले गर्ने बताए । 

थापाले आफूले जवाफमा काकाहरूलाई भनेको सुनाउँदै भने, ‘एमाले र हामीहरूबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन् । हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन ।’

एमाले महाधिवेशनमा सबै ‘बा’ का छोराछोरी मात्रै भएको बताउँदै भने, ‘त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.