काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले नेतृत्व चयनमा सहमति जुटेको बताउँदै अध्यक्ष ओलीले पदाधिकारीको सूची तयार पार्दै गरेको बताएका छन् ।
‘सबै आकांक्षीले दाबी छोडिसक्यौ । ओली जीले लिस्ट ल्याउँदै हुनुहुन्छ । यो पद त्यो पद भन्ने भएन कुनै पदमा दाबी भन्ने भएन । उपमहासचिवका आकांक्षीका कुरा १० लाखको हाराहारीमा कार्यकर्ता भेला भए । ओलीको नेतृत्वमा सम्वृद्धी सम्भव छ । अध्यक्ष ज्यूले जे घोषणा गर्नुहुन्छ त्यसलाई मानेर जाने । २३ सय प्रतिनिधिले सोही निर्णय गरेका छन्,’ क्विक नेपालसँगै बस्नेतले भने ।
शुक्रबारबाट चितवनमा एमाले महाधिवेशन जारी छ । पार्टीभित्रै नेतृत्वका आकांक्षीको संख्या धेरै छ । जसका कारण शुक्रबार राति पदाधिकारी व्यवस्थापनका लगि बैठक बसी पदाधिकारीको संख्या बढाएको थियो । त्यसैगरी केहीबेर अघि मात्रै नेतृत्व चयनका लागि सहमति गर्न शीर्षस्थ नेताको बैठक बसेको थियो ।