एमालेमा अरु पार्टीमा भन्दा महिलाको उपस्थिति बढी छ: सरिता दाहाल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सरिता दाहालले एमाले बाहेकका अरु पार्टीमा महिलाको सहभागिता न्यून रहेको बताइएकी छन् । 

शनिबार क्विक नेपालसँग उनले एमालेमा महिलाको जनसहभागिता उत्कृष्ट रहेको बताउँदै उनले सो बताएकी हुन् । 

‘अरु संविधानको कार्यन्वयनको कार्यन्वयन गर्ने सवालमा र महिलाहरुलाई समानुपातिक सहभागी गराउने सवालमा चाहिँ हाम्रो पार्टी अगाडि नै छ । तर, यतिले मात्र चाहिँ हाम्रो संविधानमा जुन व्यवस्थापन भयो त्यसको कार्यन्वयनको रुपमा चाहिँ हामीले फड्को अझै मार्नुपर्छ ।अब ३३ प्रतिशतमा आउने महिला चाहिँ पुरुष समान हैसियत योग्यता विकास गरिसकेका हुँदैनन्, उनले भनिन् ।

शुक्रबारबाट नारायणबाट सुरु भएको एमालेको महाधिवेशन जारी छ । यतिखेर सौरहामा बन्दसत्र सुरु भइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.