काठमाडौं । नेकपा एमालेको बन्दसत्रको हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिलाई बाहिर निकालिएको छ ।
बन्दसत्र हलभित्र प्रवेश गरेका प्रतिनिधिहरूको स्क्रिनिङ नगरिएको भन्दै उनीहरूलाई बाहिर निकालिएको हो ।
अब सबैको अनिवार्य स्क्रिनिङ गरेर मात्र फेरि भित्र पस्न पाउने भएका छन् । भित्र प्रवेश गरिसकेका प्रतिनिधिहरु पुन: एकपटक बाहिर निस्केर लामबद्ध बनेका छन् ।