देवरको हत्या आरोपमा भाउजु पक्राउ

काठमाडौं । आफ्नै देवरको हत्या गरि जलाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् ।

जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो ।

गत शुक्रबार बाँसघारीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.