रावल अध्यक्ष पदका लागि भोट माग्दै

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष पदका लागि मत माग्न सुरु गरेका छन् ।

अध्यक्ष केपी ओलीसहित अन्य नेता सहमतिबाटै नेतृत्व चयनका लागि पहल गरिरहँदा रावलले अध्यक्ष पदका लागि भोट माग्न सुरु गरेका हुन् ।

शनिबार बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् ।

शनिबार दिउँसो उम्मेदवारी दिनुअघि नै उनले प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका हन् ।

अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए ।

नेता रावल एमालेभित्र विद्रोही नेताका रुपमा चिनिन्छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.