उच्च अधिकारीको आगमनले झन् विवादित भएको हो, एमसीसी ?

काठमाडौँ ।  नेपालमा पछिल्लो समय अमेरिकी उच्च पदस्थ अधिकारीको आगमन बढेको छ ।

नेपाललाई भारतको आँखाबाट अमेरिकाले पछिल्लोसमय अमेरिकी अधिकारीहरु बारम्बार नेपाल पठाउन थालेको छ। विगतमा अमेरिकी उच्च अधिकारीहरु भारत आएर उतैबाट नेपालबारे जानकारी दिएर फर्किने गर्थे । 

तर, नेपालमा अमेरिकी प्रोजेक्ट मिलेनियम च्यालेन्ज (एमसीसी)लाई लिएर पक्ष र विक्षमा बहस भइरहेका बेला अमेरिकी शीर्षस्थ अधिकारी सोझै नेपाल आएर यहीँबाट अमेरिका फर्किने गरेका छन् । जसलाई निकै महत्वका साथ हेरिएको छ ।

नेपाल–भारतबीच विसं २००४ साल वैशाख १२ गते कूटनैतिक सम्बन्ध स्थापना भएको थियो । सो समयदेखि दुई देशबीच व्यापार, सहयोग एवम विभिन्न सन्धि सम्झौताहुँदै आएका छन् । तर, यसरी लगातार उच्च अधिकारीले नेपालको भ्रमण भने गरेका थिएनन् ।

२०७४ भदौ २९ मा नेपाल–अमेरिकाबीच मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाबारे सम्झौता भएपनि संसद्बाट पारित हुन सकेको छैन ।

साढे दुई महिनामा तीन उच्च अमेरिकी पदाधिकारीले गरे नेपालको भ्रमण

यही भदौ २४ मा एमसिसी उपाध्यक्ष फातिमा जेड सुमार र उनको टोली चारदिने भ्रमण गरेको साढ दुई महिना नबित्दै थप दुई उच्च पदस्थ अमेरिकी पदाधिकारीले नेपालको भ्रमण गरेका छन् ।

पहिलो पटक एमसिसी सम्झौता भएको चार वर्षपछि एमसीसी उपाध्यक्ष सुमार नेपाल आएपछि सुमार नेपाल आएपछि सोपश्चात् दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री र अमेरिकी विदेश सहायक विदेशमन्त्री नेपाल आएका छन् ।

नेपाल भ्रमणको क्रममा सुमारले प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी ओली, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग भेटवार्ता गरेकी थिइन् ।

भेटका क्रममा उनले एमसीसी अनुमोदनका लागि सहयोग गरिदिन आग्रह गरेकी थिइन् । चारदिने भ्रमण सकेर अमेरिका फर्कने क्रममा सुमारले नेपालका राजनीतिक दलसँगको भेटवार्ता फलदायी भएको भन्दै एमसीसी चाँडो अनुमोदन हुनेमा आफू विश्वस्त भएको प्रतिक्रिया दिइन् । उनको भ्रमणको मुख्य उदेश्य नै एमसीसी अनुमोदनबारे रहेको थियो ।

त्यसैगरी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु मंसिर १ गते नेपाल आए । दुईदिने नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री, गृहमन्त्री अर्थमन्त्री लगायतसँग भेट गरे ।

भेटका क्रममा लुले नेपाल–अमेरिकाबीचको सम्बन्ध, कोरोना भाइरस महामारीको समयमा अमेरिकाले गरेको सहयोगलगायत विषयमा कुराकानी भएको भनिए पनि एमसीसी पास गराउन उनको भ्रमण केन्द्रित रहेको जानकारहरु बताउँछन् ।

लुसँगको भेट पश्चात माओवादी अध्यक्ष प्रचण्डले लुले आफूसँग एमसीसी पास गर्नुपर्नेमा जोड दिएको प्रतिक्रिया दिए ।

लु नेपाल आएको १२ घण्टापछि (मंसिर २) मा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि नेपाल आइन् । किडरलिङले नेपालका व्यवसायीसँग भेटवार्ता गरिन् ।

सो क्रममा लु र किडरलिङले पहिलोपल्ट अमेरिकी कम्पनीको नेतृत्व गर्ने गरी अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुवात गर्ने घोषणा गरे । यसअघि नेपालमा अमेरिकी कम्पनी सञ्चालनमा थिए ।

एमसीसी उपाध्यक्ष एवम् विदेशमन्त्रीको नेपाल आगमनले एमसीसी अनुमोदनकै विषयलाई उठान गरेकी थिइन् । यसरी बारम्बार उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणलाई नेपालमा निकै महत्वका साथ हेरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.