काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको १०औँ महाधिवेशन लाई संबोधन गर्ने कर्ममा उनले यस्तो बताएका हुन् । सो क्रममा उनले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्नेका क्रममा पार्टीभित्र एकता हुनुपर्ने बताए ।
सो क्रममा उनले एकतामा जोड दिन नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । 'पार्टीभित्र आन्तरिक एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,' उनले भने ।