रावललाई ओलीको जवाफ : मैले उम्मेद्बारी घोषणा गरेको छैन, चुनाव लड्न पाउनुहुन्छ

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा नगरेको बताउँदै भीम रावलले उम्मेदवारी घोषणा गर्न सक्ने बताएका छन् ।

१४औँ महाधिवेशनका क्रममा भीम रावलले पनि उम्मेदवारी दिने घोषणा गरेसँगै अध्यक्षका प्रत्यासी ओलीले यस्तो कुरा बताएका हुन् । 

‘मैले उमेदवारी घोषणा गरेकै छैन । उहाँ भीम रावलले कसरी फिर्ता लिनुहुन्छ । एउटा डर के भने उहाँकोविरुद्ध कोही लडेन भने उहाँ कोसँग लड्नुहुन्छ । सहमति हुनै सक्दैन भन्ने कुरा होइन । सहमति नभए चुनाव हुनै सक्दैन भन्ने कुरा पनि होइन । हामीले उन्नतस्तरको समझदारी र चुनाव भनेको मनोनयनविरूद्ध हुन्छ । सहमतिको विधिबाट निर्वाचित हुने अथवा प्रतिस्पर्धाको विधिबाट निर्वाचित हुने यो फरक प्रक्रिया मात्र हो निर्वाचन नै हो,’ ओलीले भने । 

निर्वाचनको सारा प्रक्रियामा सहमति हुन सक्ने बताउँदै कोही लड्छु भन्छ भने उसको अधिकार कसैले खोस्न नमिल्ने बताए । भीम रावलले उठाएको जबजमा पनि सहमति हुने अध्यक्षले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.