नेपाल स्याटेलाइटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।

लाइसेन्सको रोयल्टी बक्यौता किस्ता गत असारभित्र बुझाउनुपर्ने भए पनि नेपाल दूरसञ्चार प्राधिकरण सम्पर्कमा नआएको र चित्तबुझ्दो जवाफ नपाएपछि सो कम्पनी खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । 

कम्पनीले करिब ३३ करोडको बक्यौता बुझाउन बाँकी छ । 

पश्चिम नेपालका ग्रामीण भेगमा सेवा दिने अनुमति पाएको व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.