काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले बढेर ९२ हजार १ सयमा कारोबार भइरहेको छ । जहाँ शुक्रबार प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणा अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २ सय १० तोकिएको महासङ्घले जनाएको छ ।